Home  
Janahit Voice

अर्थसम्बन्धी तीन विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

४ श्रावण २०८०, बिहीबार

काठमाण्डौं  – राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीनवटा विधेयक प्रमाणीकरण गरेका छन।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणीकरण गरेको जानकारी गराएका हुन।

संघीय संसद्को दुवै सदनबाट पारित भएका विधेयकहरू राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनको रूपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *