Home  
Janahit Voice

नेपाल-भारत सीमा क्षेत्रमा गोली हानी १ महिलाको हत्या

७ श्रावण २०८०, आईतवार

नेपाल-भारत सिमाना नजिक भारतीय क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ।

धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित रहेको दशगजा पारी महिलाको हत्या भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।

घटना दशगजा पारी भए पनि सीमा क्षेत्र नजिक भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली पनि घटनास्थल पुगेका थिए।भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले नै शव पोस्टमर्टमका लागि लगेको एसपी खड्काले बताए।

घटना र शवबारे जानकारीका लागि त्यस क्षेत्रका मुखियासँग पनि समन्वय गरिरहेको प्रहरीले बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *