Home  
Janahit Voice

छुटा छुटै ठाउँमा करेन्ट लागेर २ जनाको मृत्यु

७ श्रावण २०८०, आईतवार

काठमाडौँ –  भक्तपुर नगरपालिका-८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सूर्यबिनायक नगरपालिका-६ सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्वयनाको च्यामासिंहस्थित निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो ।

उता रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने सैनामैना नगरपालिका घर भएकी २८ वर्षीया तिर्सना थापाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ बस्ने नारायण बहादुर कुँवरको घरमा रिपेरीङ गर्ने क्रममा हाईटेन्सनको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *