Home  
Janahit Voice

कोसी सरकारविरुद्धको रिटमाथि आज सुनुवाइ हुन सकेन

७ श्रावण २०८०, आईतवार

काठमाण्डौं – कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्ध परेको रिटको आइतवार(आज) सुनुवाइ हुन सकेन ।सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेपछि आइतवार सुनुवाइ हुन नसकेको बताइएको छ। न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा आइतवार पेशी तोकिएको हो ।

यस अघि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै दीर्घकालीन कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो । सोही इजलासले साउन ७ गतेदेखि निरन्तर पेशीमा राखी मुद्दाको सुनुवाइ गर्न आदेश समेत गरेको थियो ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाको नियुक्ति गैरकानूनी रहेको भन्दै मुद्दा दायर गरेका थिए ।

सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *