Home  
Janahit Voice

खाणको बचाउमा सभापति देउवानिकट केन्द्रीय सदस्यहरु

८ श्रावण २०८०, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका बालकृष्ण खाणको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका अधिकांश केन्द्रीय सदस्यले  बचाउ गरेका छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई संगठित अपराध गरेको अभियोग लागेका पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य खाण केही समयदेखि केन्द्रीय कारागार सुन्धारामा छन्।

प्रहरीले वैशाख २७ गते खाणलाई निवासबाटै पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंले उनलाई गत असार १ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

सुन्धाराको कारागारमा थुनामा रहेका खाणबारे जारी कांग्रेस केन्द्रीय समिति बैठकमा निलम्बन गर्न नहुने आवाज चर्को रूपमा उठेको छ। सभापति शेरबहादुर देउवा पक्षका नेताहरू खाणलाई अहिले नै निलम्बन गर्ने पक्षमा छैनन्।

खाणलाई अदालतले दोषी किटान गरिनसकेको भन्दै सभापति देउवाले निलम्बन गर्न मानिरहेका छैनन्। देउवाको यही कुरालाई केन्द्रीय समितिमा धारणा राख्ने उनीपक्षका नेताहरूले दोहोर्‍याइरहेका छन्।

खाणलाई निलम्बन गर्न माग उठे पनि केन्द्रीय समितिमा यो एजेन्डा औपचारिक रूपमा समावेश गरिएन। तर धारणा राखेका केन्द्रीय सदस्यहरूले आफूले बोल्न पाएको ७ मिनेटभित्र खाणबारे पनि केही न केही विषय बोलेका छन्।

आइतबारसम्म बोलेका अधिकांश पदाधिकारी र सभापति देउवानिकट केन्द्रीय सदस्यले अहिले नै खाणलाई निलम्बन नगर्न र अदालतको निर्णय कुर्न आग्रह गरेका छन्। यसअघि पनि कांग्रेसका नेताहरूमाथि यस्तै अभियोग लाग्दा निलम्बन गरेको परम्परा नभएको उनीहरूको तर्क छ।

 

खाणले पार्टीमा धेरै दु:ख गरेको बताउदै खाणलाई अदालतले दोषी ठहर नगरी निलम्बन गर्न नहुने बताएका छन।कतिपय नेताहरुले भने राज्यले नै खाणलाई फसाउन लागेको आरोप लगाए।

भुटानी शरणार्थीका बारेमा पनि धेरै चर्चा चलिराखेको छ। कहिलेकाहीँ केही घटनाहरू यस्ता हुन्छन्- प्रत्यक्ष प्रमाण हुन्छ। घूस खाएको फोटो आइहाल्यो भने त्यही दिन निकालिदिए हुन्छ,कोही मानिस छानबिन प्रक्रियाबाट भाग्यो भने तत्काल उसलाई निकालिदिए हुन्छ। तर छानबिन प्रक्रियामा गएको छ भने पार्टीले पनि सहयोग गर्नुपर्छ। अदालतको अन्तिम निर्णय पर्खिनुपर्छ।’ सभापति देउवानिकट केन्द्रीय सदस्य हरुको भनाइ रहेको छ।

अजयबाबु शिवाकोटीले भने निलम्बनको कुरा उठाएका छन। खाणमाथि अन्याय भयो भन्ने हो भने तत्काल सरकारबाट कांग्रेस फिर्ता आउनुपर्ने शिवाकोटीको भनाइ छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *