Home  
Janahit Voice

सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

८ श्रावण २०८०, सोमबार

आइतबार काठमाडौंको सोह्रखुट्टेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक २३ वर्षीय शिवसुन्दर गजुरेल रहेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बससँग बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोक्किएर  दुर्घटनाभएको थियो ।

हाल बालुवाटार बस्ने शिवसुन्दरको स्थायी घर नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका शिवसुन्दरको उपचारका क्रममा नयाँबजारस्थित पिपल्स अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *