Home  
Janahit Voice

सामाखुसीको नालामा खसेर बेपत्ता बालक अझै फेला परेनन्

८ श्रावण २०८०, सोमबार

काठमाडौं – काठमाडौंको सामाखुसीको नालामा खसेर   बेपत्ता  भएका बालक अझै फेला परेका छैनन् ।

सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

आइतबार अपराह्न साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर साजन र अर्का एक जना बालक निस्किएका थिए। नालामाथि स्ल्याबहरू राखिएको भए पनि जहाँ स्ल्याब थिएन, त्यही ठाउँबाट बालक खसेको प्रहरीले जनाएको छ।

उनि घरबाट  खेल्न भनेर निस्किएका थिए । पानी ठूलो परेकाले भेल आएको थियो। त्यही नालाको खाल्डोमा परेर बगाएको बताइएको छ।

प्रहरीको विपद व्यवस्थापन लगायत विभिन्न निकायको टोलीले उक्त बालकको खोजी गरिरहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *