Home  
Janahit Voice

महिलाद्वारा आफ्नै तीन छोराछोरीलाई गोली हानी आफुलेनी गरिन आत्महत्या

८ श्रावण २०८०, सोमबार

अमेरिकामा एक महिलाले आफ्ना तीन बालबालिकाको गोली हानी हत्या गरी आफू पनि आत्महत्या गरेकी छन्।

ब्रान्डी म्याक्सिलन नाम गरेकी ३९ वर्षीया ती महिलाले दुई छोरा र एक छोराको हत्या गरेकी हुन्। ती बच्चाहरूको उमेर क्रमस १०, ६ र ११ वर्ष रहेको बताइएको छ।ओक्लाहोमा राज्यको टुल्सा राज्यमा उक्त घटना भएको हो। ब्रान्डी बच्चाहरूसँग त्यहाँ बस्ने गर्थिन्।

ओक्लाहोमा स्टेट ब्यूरो अफ इन्भेस्टिगेशन (ओएसबीआई) टोलीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। फक्स न्युजका अनुसार घटना बिहीबारको हो। प्रहरी टोली यहाँ गस्तीमा थियो। त्यही क्रममा ती महिलाले गोली चलाएको आवाज प्रहरीले सुनेका थिए। त्यतिबेला दिउँसो करिब चार बजेको थियो।

घटना भएकै बेला प्रहरी स्थलमा पुगेको थियो। जहाँ महिला कराएको आवाज प्रहरीले सुनेका फक्स न्युजले लेखेको छ।घरबाहिर बार लगाइएको थियो। ती महिलाको हातमा बन्दुक थियो।

प्रहरीले महिलासँग कुरा गर्न पनि खोजेको समाचारमा जनाइएको छ। त्यसपछि प्रहरीले घर घेरा हालेको थियो। यस क्रममा प्रहरीको क्विक रेस्पोन्स टोली पनि उपस्थित भइसकेको थियो।

ओएसबीआईका एक अधिकारीले भनेका छन्, ‘महिलाले पहिला तीन बच्चाको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट स्पष्ट भएको छ।’

प्रहरीले अनुसन्धान जारी राखे पनि हालसम्म घटनाको कारण खुलाउन सकेको छैन।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *