Home  
Janahit Voice

४५ लाख ठगी गरेको आरोपमा बाबुछोरा पक्राउ

८ श्रावण २०८०, सोमबार

काठमाडौं- प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षका राजेन्द्रप्रसाद खनाल र उनका छोरा २३ वर्षका विशाल खनाल रहेका छन् ।

राजेन्द्रले आफू प्रधानमन्त्रीको सुशासन सल्लाहकार रहेको र अन्य प्रमुख नेताहरुसँग पनि चिनजान रहेको भन्दै विभिन्न कम्पनी र व्यवसायमा सहभागी गराउने आश्वासन दिएर ४५ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ  ।

उनीहरुले ना ४ च ८६७० नम्बरको जिपसमेत लिएर फरार भएपछि इलाका प्रहरी कार्यालय दमक झापामा उजुरी परेको थियो । उनीहरुविरुद्ध जिल्ला अदालत झापाले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार दिउँसो साढे १ बजे उनीहरुलाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *