Home  
Janahit Voice

कृषिमन्त्री भुषाल विदेशमा, नेपालमा राजीनामा माग्दै किसानहरु आन्दोलनमा

८ श्रावण २०८०, सोमबार

काठमाडौं- कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राखेर किसानहरु आन्दोलित भएका छन् ।

कृषिमन्त्री डा. वेदुराम भुषाल यतिवेला विदेशमा छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहालसँग इटाली भ्रमणमा छन् । तर, कृषिमन्त्री विदेशमा रहेको बेलामा यता नेपालमा भने उनको राजीनामा मागिएको छ ।

आज (सोमबार) विभिन्न ९ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले कालिमाटी तरकारी बजारमा प्रदर्शनसहित मन्त्री भुषालको राजीनामा मागेको हो ।

तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने, विना प्रतिस्पर्धा भाडामा दिन सम्झौता खारेज गर्नुपर्ने, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *