Home  
Janahit Voice

कोशीका मुख्यमन्त्री नियुक्तिको मुद्दा पूर्ण इजलासमा, मंगलबारदेखि सुनुवाइ

८ श्रावण २०८०, सोमबार

काठमाडौँ – कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दायर गरिएको रिट निवेदन अब सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्ने भएको छ ।

सोमबार न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

यसअघि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आइतबारको लागि सुनुवाइको मिति तोकिएको थियो। सो इजलासले मुख्यमन्त्री नियुक्ती गर्दाका सक्कलै फाइल झिकाउँदै प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो।

मंगलबारदेखि नै सर्वोच्चको पूर्ण इजलासले उक्त रिट निवेदनमाथि सुनुवाइ थाल्ने भएको छ । कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि एमाले संसदीय दलका नेता कार्कीले रिट निवेदन दर्ता गराएका हुन् ।

उनले सभामुखको हस्ताक्षर प्रयोग गरी बहुमत जुटाइएको भन्दै सरकार गठन प्रक्रिया नै बदरभागी रहेको जिकिर रिट निवेदनमा गरेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *