Home  
Janahit Voice

कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाए पदाधिकारी बैठक

९ श्रावण २०८०, मंगलवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

पदाधिकारी बैठक निवास धुम्बाराहीमा मंगलबार अपराह्न ४ बजे  बस्ने तय भएको हो।

बैठकमा केन्द्रीय समिति बैठकको निर्णय बारे छलफल हुने बताइएको छ ।

गत साउन २ गतेदेखि केन्द्रीय समिति बैठक चलेको थियो। बुधबार अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बस्दैछ।

सभापति देउवाले केन्द्रीय समिति बैठक स्थगित गरी पदाधिकारी बैठक बोलाएका हुन्।

बुधबारको केन्द्रीय समितिमा सभापति देउवाले जवाफ दिने कार्यक्रम छ।

कांग्रेसले नीति अधिवेशन मिति तोक्नेजस्ता विभिन्न १० एजेन्डामाथि केन्द्रीय समितिमा छलफल गरिसकेको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *