Home  
Janahit Voice

इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज पौडेल होटलमा मृत भेटिए

९ श्रावण २०८०, मंगलवार

काठमाडौं – बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।

बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जिल्ला प्रहरीले बागलुङले जनाएको छ।

‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको अनि वडाध्यक्षलाई खबर गरेको भन्ने खबर छ,’‘अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।’प्रहरीले बताएको छ।

घटनास्थलमा रहेका बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनका अनुसार घटना सोमबार राति साढे १२ बजेतिरको हो । घटना भएपछि होटल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको र वर्षाका कारण सडक अवरुद्ध हुँदा केही समस्या भएको बताइएको छ।

जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड-७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *