Home  
Janahit Voice

यात्रुबाहक बस टिपरसँग ठोक्किँदा १७ यात्रु घाइते

१० श्रावण २०८०, बुधबार

यात्रुबाहक बस र टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। लमही–घोराही सडक खण्डको लमही नगरपालिका–६ बेलदमारमा उक्त घटना भएको हो।

घोराहीतर्फ आउँदै गरेको बालुवा बोकेको रा १ ख २०१७ नम्बरको टिपरसँग लमहीतर्फ जाँदै गरेको ग १ ख ९९७८ नम्बरको बस ब्रेक फेल भई दिउँसो साढे ३ बजेतिर ठोक्किएको थियो।

२६ जना यात्रु सवार बसमा १७ जना सामान्य घाइते भएको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *