Home  
Janahit Voice

बुधबार पनि बढ्यो सुनको भाउ

१० श्रावण २०८०, बुधबार

साताकाे  चाैंथाे काराेबारकाे दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *