Home  
Janahit Voice

माओवादी पदाधिकारी बैठक सकियो,निम्न कुरामा छलफल

१० श्रावण २०८०, बुधबार

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको औपचारिक भ्रमणमा रहेको बेला कार्यवहाक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसेको हो।

बैठकमा माओवादी केन्द्रको साउन १७ गते बस्ने केन्द्रीय कमिटीमा लैजाने एजेण्डा र तयारीबारे छलफल भएको सचिव गणेश शाहले जानकारी दिए ।

उनले भने, ‘साउन १७ गते माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाइएको छ। उक्त बैठक कसरी सञ्चालन गर्ने, प्रस्तावहरु के-के तय गर्ने भन्नेबारे छलफल गर्न बैठक बसेको हो।’

माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालका अनुसार असार २३ गते तय भएको बैठक साउन १७ गते बोलाइएको छ। यस अगाडि प्रदेशको बजेट अधिवेशन, आर्थिक मसान्तलगायतको कारण देखाउँदै माओवादी केन्द्रले बैठक सारेको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *