Home  
Janahit Voice

एनएमबी बैंक लुटपाट गर्ने एकजना पक्राउ

११ श्रावण २०८०, बिहीबार

महोत्तरीमा हतियार देखाएर दिनदहाडै फिल्मी शैलीमा एनएमबी बैंक लुटपाट गर्ने गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार रहेको छन्।

उनलाई बुधवार मटिहानी नगरपालिका-८ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।उनीविरुद्ध हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा चलाइएको छ।

जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्न सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार उनीसँगको सोधपुछपछि लुटपाटमा संलग्न अन्य ४/५ जना व्यक्तिहरूको समेत पहिचान खुलेको छ। प्रहरीले उनीहरूको परिचय गोप्य राखी खोजी कार्यलाई तीव्रता दिने बताइएको छ।

गत जेठ १६ गते महोत्तरी गाउँपालिका–२ स्थित रहेको एनएमबी बैंकको शाखामा दिउँसै हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेर फरार भएका थिए।लुटेरा समुह नम्बर प्लेट नभएका दुईवटा मोटरसाइकलमा चढेर आएका थिए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *