Home  
Janahit Voice

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक साधनको भाडा घट्यो

१२ श्रावण २०८०, शुक्रबार

बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक साधनको भाडा घटाएको छ। बागमती प्रदेश सरकारअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी नयाँ भाडा दर सार्वजनिक गरेको हो।

नयाँ भाडा दरअनुसार यात्रुले कुनै पनि सार्वजनिक सवारी साधनमा पाँच किलोमिटरसम्मको यात्रा गर्दा यात्रुले १८ रुपैयाँ तिर्नुपर्नेछ। यसभन्दा अघिको भाडादर १९ रुपैयाँ तोकिएको थियो।

त्यस्तै १० किलोमिटरसम्मको यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्मको यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्मको यात्रा गर्दा ३१ रुपैयाँ र २० किलोमिटरभन्दा बढी रुटमा यात्रा गर्दा ३६रुपैयाँ तिर्नुपर्नेछ।

सार्वजनिक जानकारी अनुसार यात्रुले १५ किलोग्रामसम्म सामग्री निःशुल्क लग्न पाउनेछन्। योभन्दा बढी सामग्री भएमा १० केजीसम्म प्रतिकेजी पाँच रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ।

मन्त्रालयका अनुसार उपत्यका बाहेकका स्थानमा सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनको हकमा प्रदेश सरकारले पहिलेको तुलनामा २.३० प्रतिशतले भाडा घटाउनेछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *