Home  
Janahit Voice

सप्तरीमा एक युवक मृत, एक घाइते अवस्थामा फेला

१२ श्रावण २०८०, शुक्रबार

जनकपुरधाम – सप्तरीमा एक युवकको हत्या भएको छ भने अर्का एक युवक घाइते छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका-१० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव शुक्रवार बिहान घर नजिकै हिलोमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहका अनुसार २१ वर्षीय मण्डलको शव शुक्रवार बिहान घर नजिकै हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको जानकारी दिए ।

‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन,’ प्रवक्ता सिंहले भने । उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे बिस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *