Home  
Janahit Voice

अब २५ लाखभन्दा बढी ऋण लिँदा प्यान लिनुपर्ने

१२ श्रावण २०८०, शुक्रबार

अब बैंक तथा वित्तीय संस्था २५ लाख रूपैयाँसम्म कर्जा लिनेले स्थायी लेखा नम्बर (पान) अनिवार्य लिनुपर्ने भएको छ।यसअघि यो सीमा ५० लाख रुपैयाँ थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयनको लागि परिपत्र मार्फत गरेको एकीकृत निर्देशन संशोधनले यस्तो व्यवस्था गरेको हो।

कुनै व्यक्तिले एउटै बैंकबाट वा अलग–अलग बैंक तथा वित्तीय संस्थाबाट २५ लाख वा सो भन्दा बढी रकमको कर्जा लिएको भए पान अनिवार्य गरिएको हो।

एका घर परिवारलगायत एउटै समूह अन्तर्गत पर्ने ऋणी भएमा त्यस्तो समूहले २५ लाख वा त्योभन्दा बढी रकमको कर्जा लिदा पनि पान नम्बर अनिवार्य गरिएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख नीतिहरु कार्यान्वयन गर्न शुक्रबार यस्तो निर्देशन जारी गरेको हो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *