Home  
Janahit Voice

पहिरो खसेसँगै मुग्लिन नारायणगढ सडकखण्ड पुन: अवरुद्ध

१४ श्रावण २०८०, आईतवार

चितवन – चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पहिरो खसेपछि पुन: अवरुद्ध भएको छ ।

यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो।

जसका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ। आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। पहिरोका कारण यस सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ।

बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ । गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो । बिहान केही समय सञ्चालन भए पनि पुन: अवरुद्ध भएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *