Home  
Janahit Voice

कास्कीमा बाढीमा फसेका ४ जनाको सकुशल उद्वार

१४ श्रावण २०८०, आईतवार

कास्की- कास्कीको पोखरा महानगरपालिका १३ काहुँखोला साझा स्थित बिजयपुर खोलामा फसेका चार जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

निर्माणधीन पानी ट्याङ्की बोरिङ्गको प्रतिक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासी आएको बाढिमा  ४ जना फसेका थिए ।

फस्ने हरुमा  सोही ठाउँ बस्ने २३ वर्षिय प्रेम सुनार, ४० वर्षिय सुदिप गुरुङ्ग, २८ वर्षिय अर्जुुन वि.क. र १९ वर्षिय क्षितिज नेपाली रहेका थिए ।

सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिई उनीहरुको सकुशल उद्वार गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *