Home  
Janahit Voice

शुक्रबार ९ सय रुपैयाँ घटेको सुनको मूल्य आइतबार ३ सय रुपैयाँले बढ्यो

१४ श्रावण २०८०, आईतवार

आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

शुक्रबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *