Home  
Janahit Voice

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१५ श्रावण २०८०, सोमबार

काठमाण्डौं – आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ।

बैठक दिउँसो १ बजेका लागी संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी आजकै बैठकमा गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ।

यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।

साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *