Home  
Janahit Voice

मकवानपुरमा ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

१५ श्रावण २०८०, सोमबार

मकवानपुर-  सडकमा रोकी राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको प्रहरीले जानकारी दिएको छ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई उनीहरुको मृत्यु भएकोहो।

 

उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *