Home  
Janahit Voice

महांकाल मन्दिरमा ट्यांकर ठोक्किदा चालक गम्भीर घाइते 

१५ श्रावण २०८०, सोमबार

काठमाडौं- काठमाडौंको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा ट्यांकर चालक गम्भीर घाइते भएका छन् । ना २ क ४० नम्बरको ट्यांकर  त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गर्दा आज बिहान करिब २:१५ तिर मन्दिरको भित्तामा ठोक्किएको हो ।

उक्त दुर्घटनामा ट्यांकर चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् ।

सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको उपचार जारी छ ।

१२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *