Home  
Janahit Voice

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

१५ श्रावण २०८०, सोमबार

कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।

आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

उक्त ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायत घाइते भएका थिए।

घाइते कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराजगम्भिर घाइते भएका छन।उनको  अवस्था गम्भीर रहेको बताइएको छ।

डाउका अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत छन् । उनी ४ दिन क्याबी भैपरी आउने बिदामा बसेका थिए ।

डाउकाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको बताइएको छ।

घटनापछि ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा  लिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *