Home  
Janahit Voice

जिल्ला प्याब्सन भक्तपुर र नमस्ते ख्वप टेलिभिजनको प्रस्तुति कार्यक्रम प्रतिभाको आँगन

१५ श्रावण २०८०, सोमबार

जिल्ला प्याब्सन भक्तपुरले नमस्ते ख्वप टेलिभिजनसँगको सहकार्यमा विद्यालयमा अध्ययनरत विद्यार्थीको नृत्य प्रतिभा प्रष्फुटनको उदेश्यका साथ डान्स रियालिटी शो प्रतिभाको आँगन आयोजना गरेको छ।

प्रतिभाको आँगन एकल नृत्य प्रतियोगिता हो ।भक्तपुरमा रहेका प्याब्सन आवद्द विद्यालय मध्ये ७१ वटा विद्यालयबाट सात सय ५० भन्दा वढि विद्यार्थीले प्रतियोगीतामा सहभागीताको लागि एक हप्ते नृत्य कार्यशाला पनि सम्पन्न भईसकेको छ।

उक्त कार्यशालाबाट जुनियर र सिनियर तर्फ गरी दुइ सय भन्दा धेरै विद्यार्थी टिभी राउण्डमा प्रवेश गर्न सफल भएका छन। एक साता चलेको कार्यशालामा नृत्य निर्देशकहरु द्वारिका अधिकारी र समिर शंखदेब प्रजापतीले विद्यार्थीलाइ कत्थक, लोक तथा आधुनिक गीतमा नृत्य प्रशिक्षण दिनुभएको थियो ।

प्याब्सन आवद्द झण्डै ३० वटा विद्यार्थीको अडिसन छिटै गरिने नमस्ते टिभीका क्रिएटिभ डाइरेक्टर प्रदिपमान श्रेष्ठले बताउनु भयो । विद्यार्थीका लागि हुने बिभिन्न प्रतियोगीता मध्ये प्रतिभाको आँगनमा सम्भवत अहिले सम्मकै धेरै विद्यार्थीले सहभागिता जनाएको नमस्ते ख्वप टिभीका निर्देशक ऋषिकेश श्रेष्ठले बताउनुभयो।

प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले प्याब्सनको विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विविध कार्यक्रम गर्दै आएकोमा अब धेरै भन्दा धेरै विध्यार्थिको रुचिलाइ मध्यनजर गर्दै नृत्यलाइ पनि समावेश गरेको उल्लेख गर्नुभयो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *