Home  
Janahit Voice

कोशी प्रदेशमा सरकारको दाबी पेश गर्ने समय सकिँदै, सभामुखको राजीनामा गराउने तयारीमा गठबन्धन

१६ श्रावण २०८०, मंगलवार

विराटनगर – कोशी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय आज सकिँदै छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने छ ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ । गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्र सभामुखलाई राजीनामा गराएर दाबी पेश गर्ने तयारी गरेको हो ।

गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएको छैन । तर पूर्वसहमति अनुसार कांग्रेसका उद्धव थापाको नेतृत्वमा दाबी गर्ने लगभग निश्चित जस्तै छ ।

गत असार २१ गते पनि थापाको नेतृत्वमा सरकार गठन भएको थियो । सभामुखको छुट्टै हस्ताक्षर प्रयोग गरेर सरकारमा दाबी पेश गरेपछि सर्वाेच्च अदालतले मुख्यमन्त्रीको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।

परमादेशपछि सभामुखलाई राजीनामा गराएर गठबन्धनले सरकारमा दाबी पेश गर्न लागेको हो ।नयाँ सरकार गठनको लागि राप्रपाको साथ नपाउने अवस्थामा गठबन्धनले सभामुख बाबुराम गौतमको राजीनामा गराउने भएको छ ।

गठबन्धन दलका नेताहरु काठमाडौंमै छन् । बालुवाटार पुगेर विराटनगर आउने उनीहरुको तयारी छ । माओवादी केन्द्रका दलका नेता आङ्बोले शीर्ष नेताले बालुवाटार बोलाएको बताए ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखबाहेक १२, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । केन्द्रको सत्ता गठबन्धन दलहरु काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा मिल्दा ४६ सांसद पुग्छन् । सभामुखले राजीनामा दिएको खण्डमा भने दाबी प्रस्तुत गर्न बहुमत ४७ सांसद पुग्छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *