Home  
Janahit Voice

काठमाडौँमा खुला फुटसल प्रतियोगिता हुँदै

१६ श्रावण २०८०, मंगलवार

काठमाडौँ  – काठमाडौँमा खुला फुटसल प्रतियोगिता हुने भएको छ।यहि  साउन १८ र १९ गते हिमालयन फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

देशभरका जुनकुनै समूहले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको छ। खेलमा सहभागी हुन ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएका छन्। भेन्यु पार्टनर भाटभटेनी हेल्थ क्लबमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँनगद पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रोले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकहरूले जनाएका छन्। त्यस्तै,फेयर प्ले टिमलाई ११ हजार १ सय ११ रुपैयाँ र उत्कृष्ट प्लेयर र गोल रक्षकलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार तोकिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *