Home  
Janahit Voice

कोशी प्रदेश : कांग्रेस र एमाले मिलेर सरकार बनाउन लिङ्देनको आग्रह

१६ श्रावण २०८०, मंगलवार

विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेरै सरकार गठन गर्न आग्रह गरेका छन् ।

कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहित एउटै प्लेनमा विराटनगर झरेका उनले यस्तो बताएका हुन् ।

‘मैले एमाले नेता हिक्मतकुमार कार्कीलाई पनि भनेको छु । तपाईहरुले ल्याएको व्यवस्था हो । काँग्रेस र एमाले मिलेर आधा आधा गर्दा राम्रो हुन्छ भनेर सुझाव दिएको छु,’ उनले भने, ‘हामीले सरकार निर्माणको प्रक्रियामा अहिले सक्रिय धाराहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै चासो छैन । काँग्रेस र एमाले मिलेर सरकार चलाउनु भन्ने हाम्रो सुझाव हो ।’

लिङ्देनले आफू कोशी प्रदेशमा सरकार निर्माणमा निर्णाय हुने अन्तिम अवस्थामा मात्रै केही निर्णय गर्नसक्ने बताए । ‘कोशी प्रदेशमा काँग्रेस र एमाले अलगअलग बस्दा मात्रै हामी निर्णायक हौं । त्यो परिस्थिति नल्याउन हामीले भनेका छौं,’ उनले भने, ‘संविधानको धारा १६८ को उपधाराहरुको प्रयोग गर्दै जाँदा अन्तिम चरणमा निर्णायक हिसावले प्रस्तुत हुन सकिन्छ ।’

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *