Home  
Janahit Voice

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

१६ श्रावण २०८०, मंगलवार

काठमाडौँ – मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक साउन २२ सम्मका लागि स्थगित भएको हो।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको क्वीन्टलबढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउन एमालेले माग गर्दै आएको छ ।

तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न अस्वीकार गर्दै आएकोले बैठक २२ साउनसम्मका लागि स्थगित भएको बताएको छ।

जारी सूचनामा  प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका लागि तोकिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *