Home  
Janahit Voice

बूढानीलकण्ठमा धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या

१६ श्रावण २०८०, मंगलवार

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–४, भसन्थलीमा एक जना महिलाको हत्या भएको छ । हत्या हुनेमा सप्तरीकी २८ वर्षीया अनिता चौधरी रहेकी छिन। उनको  धारिलो हतियार प्रहार गरेर हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले हत्यामा संलग्न रहेको आरोपमा बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार भएको थियो ।

घटनालगत्तै उनलाई ट्रमा सेन्टर लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो । कुटपिटको कारण खुलेको छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *