Home  
Janahit Voice

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यासको घट्यो

१७ श्रावण २०८०, बुधबार

काठमाण्डौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  बढाएको छ  भने खाना पकाउने ग्यासको घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल र डिजेलको मूल्य बढाउने निर्णय गरेको थियो ।

बैठकले पेट्रोलको भाउ प्रतिलिटर ९ रुपैयाँ वृद्धि गरेको छ भने डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ७ रुपैयाँ बढाउने निर्णय गरेको हो ।त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ।

मंगलबार राति १२ बजेबाट लागू हुने गरी निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमका अनुसार पेट्रोलको मूल्य तेस्रो वर्गमा १७३, दोस्रो वर्गमा १७२ र पहिलो वर्गमा १७० रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै डिजेल तथा मट्टीतेलको मूल्य तेस्रो वर्गमा १५३, दोस्रो वर्गमा, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५० रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ ।
निगमले खाना पकाउने ग्यासको भने भाउ घटाएर १६६० कायम गरेको छ ।हवाई इन्धनको भाउ भने यथावत छ।

भारतबाट मूल्य घटबढ भएर आएसँगै स्वचालित मूल्य प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *