Home  
१७ श्रावण २०८०, बुधबार
८ तलाबाट हामफालेका कपडा व्यापारीको मृत्यु
काठमाडौँ – काठमाडौँको न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन् । आफ्नै घरको आठौं तलाबाट ५५ वर्षीय संजय गुप्ताले हामफालेका हुन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
वीर अस्पतालका चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका छन् । उनी कपडाको व्यापार गर्दै आएका थिए । मंगलबार दिउँसो १ बजेर ३० मिनेटमा उनले हामफालेका हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।