Home  
Janahit Voice

भरूवा बन्दुकले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

१७ श्रावण २०८०, बुधबार

तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ। व्यास–५ मानुङका ५६ वर्षीय श्रीमान श्रीप्रसाद आलेले ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन्।

गए राति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

श्रीप्रसादलाई प्रहरीले गए राति नै नियन्त्रणमा लिएको र सोधपुछ गर्दा घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे  थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *