Home  
Janahit Voice

बेइजिङमा पर्‍यो १४० वर्षमै नपरेको पानी, २० जनाको मृत्यु,२७ जना बेपत्ता

१७ श्रावण २०८०, बुधबार

गत शनिबारदेखि चीनको राजधानी बेइजिङमा लगातार परेको वर्षाले बाढी र डुबान भएको छ।

जानकारीमा आएअनुसार चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको बताएका छन्।

१४० वर्षअघि बेइजिङमा वर्षाको मापन गर्न थालिएको थियो। अहिलेसम्मको रेकर्डमा लगातार पाँच दिनमा यति धेरै पानी कहिल्यै पनि परेको थिएन। डोक्सुरी टाइफुनका कारण पछिल्ला दिनमा बेइजिङमा भारी वर्षा भएको हो।

भारी वर्षा र डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्। हजारौं मानिस विस्थापित भएका छन्।

सडक, रेल वे र विमानस्थलमा पनि बाढी पसेको भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *