Home  
Janahit Voice

माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

१७ श्रावण २०८०, बुधबार

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरू भएको  बताइएको छ।

उक्त पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकका विषयमा छलफल र निर्णय लिनेछ।

बैठकमा केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदनबारे छलफल भइरहेको छ। त्यसलगत्तै बस्ने स्थायी कमिटी बैठकले प्रतिवेदन पारित गर्नेछ।

स्थायी कमिटीले पारित गरेपछि उक्त प्रतिवेदन केन्द्रीय कमिटीमा पेस हुनेछ। त्यसपछि समय रहेसम्म आजैदेखि प्रतिवेदनमाथि छलफल सुरू हुने महासचिव देव गुरूङले जानकारी दिएका छन्।

यसपालिको केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने सबै सदस्यहरूलाई सकेसम्म बोल्न दिने माओवादी केन्द्रको तयारी छ। यसअघि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भनिएपनि त्यसमाथि विवाद उत्पन्न भएको छ। सोबारे पनि स्थायी कमिटी बैठकले निर्णय गर्नेछ।

माओवादी केन्द्रमा ३८७ जना केन्द्रीय सदस्य छन्। बैठकमा पार्टीको लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोगका सदस्यहरू पनि उपस्थित हुनेछन्। पाँचदिन सम्म चल्ने बैठकमा ७ सय भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *