Home  
Janahit Voice

सरकार गठनका लागि सभामुखबाट राजीनामा दिएका गौतम आज मन्त्री बन्दै

१७ श्रावण २०८०, बुधबार

विराटनगर – कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई गठबन्धनले मन्त्री बनाउने भएको छ ।

नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्री बन्नको लागि बहुमत जुटाउन गौतमले सभामुखबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले बताए। तर कसले कुन मन्त्रालय लिने भन्नेबारे टुंगो लागिसकेको छैन। उनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बन्ने संभावना रहेको छ

सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त भएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । आजै सरकार साझेदार दलबाट सहभागी हुने मन्त्रीले पनि सपथग्रहण गर्नेछन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *