Home  
Janahit Voice

बच्चालाई आमाको दूध पुगे/नपुगेको कसरी थाहा पाउँने ?

१७ श्रावण २०८०, बुधबार

काठमाण्डौं – हरेक अभिभावकले प्रत्येक चिकित्सकसँग बच्चालाई के खुवाउने, के नखुवाउने भनेर सोध्छन्। त्यस्तो प्रश्नले कतिपय चिकित्सक रिसाउँछन्।

बच्चा जन्मिनसाथ ६० देखि ७० प्रतिशत आमाले बाहिरको दूध खुवाएको प्रतिवेदनले देखाएको छ। सिजरियनबाट बच्चा जन्मिएका छन् भने त ८० देखि ९० प्रतिशत आमाले बाहिरको दूध खुवाउँछन्।

सिजरियन गरेर बच्चा जन्माएको दुई घण्टामा र नर्मल डेलिभरी भएको आधा घण्टामा बच्चालाई आमाको दूध खुवाउने हो।बच्चालाई पहिलो दिन चाहिने दूधको मात्रा आमासँग हुन्छ। अत्यन्तै धेरै एन्टिबायोटिक र रोगसँग लड्ने क्षमता दूधमा हुन्छ। त्यसैले पहिलो दिनको दूध फाल्न हुँदैन।

आमाहरूको एउटा भनाइ छ- मेरो दूधले त बच्चालाई पुग्दै पुग्दैन। अनि मैले सोध्ने गरेको छु- दूध पुग्दैन भनेर कसरी थाहा पाउनु भयो?

‘मेरो बच्चा त रुन्छ तर बाहिरको खुवाएपछि रुदैन’ भन्नुहुन्छ। मैले भन्ने गर्छु ‘तपाईंसँग जति दूध आउँछ त्यसले बच्चालाई पुग्छ।’

दिनमा ५\६ पटक बच्चाले पिसाब गरेको छ भने उसलाई दूध पुगेको भन्ने थाहा हुन्छ। ६ पटकभन्दा धेरै पिसाब गरेको बच्चालाई बाहिरको दूध खुवाउनु भनेको पाप हो। बच्चा अरू केही कारणले रोएको हुन सक्छ।

असामान्य अवस्थामा जन्मिएको बच्चाबाहेक सबैलाई आमाको दूधले पुग्छ। बच्चालाई मेरो दूधले पुगेको छैन भन्ने आमालाई लागेको छ भने आफूखुसी बाहिरको दूध खुवाउन हुँदैन।

६ महिनापछि भने बच्चालाई ठोस खाना खुवाउनु पर्छ। दाल,चामलमा अलिकति घ्यू, थोरै साग मिसाएर जाउलो खुवाउनु पर्छ।भटमास, चामल लगायत मिसाएको लिटो समेत खुवाउन सकिन्छ। तर बजारमा पाइने प्याकेटको खाना सकेसम्म ल्याउनु हुँदैन।

९ महिनापछि बच्चालाई अण्डा खुवाउन सकिन्छ। सामान्यत, एक वर्षपछि खुवाएको राम्रो हो। बच्चा एक वर्ष पुगेपछि ठोस खाना बढाउनु पर्छ। दूधको मात्रा घटाउनु पर्छ।

एक वर्ष पुगेपछि मेरो बच्चाले खाना खानै मान्दैन भन्ने गुनासो आउँछ। हाम्रो समाजमा कुपोषणको अर्को समस्या त छँदैछ। आमा र घरपरिवारका अरू सदस्यसँग बच्चालई दिने समय छैन। तपाईंसँग जम्मा १५ मिनेट समय छ, त्यो १५ मिनेटमा बच्चाले झ्यामझ्याम खाइदिनुपर्ने? पहिला हामीले समेत खाएको होइन। उसले बाख्राको बच्चा हेरेर खान्छ कि, काग हेरेर खान्छ कि?अथवा खेल्दै खान्छ कि भनेर ध्यान दिनुपर्छ। बच्चालाई खुवाउने समय एउटै बनाउनुपर्छ। अभिभावकले आफ्नो समयमा खुवाउन हुँदैन।

कतिपय आमाले बच्चाले दिसा गरेन भन्छन् भने कतिपय आमाले ५\६ पटक दिसा गर्यो भन्छन्। प्रत्येक बच्चाको दिसा गर्ने समय आफ्नै हुन सक्छ। स्वास्थ्य सामान्य छ भने ७ दिनसम्म दिसा नगर्दा समेत आत्तिन पर्दैन। तर ४ दिनसम्म दिसा नगर्नु त सामान्य हो। दिसा गर्ने बेलामा बच्चा धेरै रोएको छ भने चिकित्सकलाई देखाउनु पर्छ। बालबालिकालाई सकेसम्म एक वर्षसम्म बाहिरको दूध खुवाउनु पर्दैन।

बच्चालाई चिसो लाग्छ भनेर फलफूल नदिनु भ्रम मात्र हो। बच्चालाई मौसम अनुसारको फलफूल खान दिन हुन्छ। दही र केरा त अमृत हो। यस्ता शुद्ध फल बच्चालाई खुवाउन केही हुँदैन। बच्चालाई रुघाखोकी लाग्ने भाइरसले हो, फलफूलले होइन। कतिपय फलफूलले एलर्जी गर्न सक्छ। तर सबै फलफूल खान हुँदैन भन्ने होइन।

(वरिष्ठ बालरोग विशेषज्ञ डाक्टरसँगको कुराकानी)

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *