Home  
Janahit Voice

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता पाण्डे पक्राउ

१७ श्रावण २०८०, बुधबार

काठमाण्डौं  – कानुन व्यवसायी भगवती पाण्डे पक्राउ परेकी छन्।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान  पक्राउ गरेको हो।  उनको अहिले बयान भइरहेको प्रहरीले जनाएको छ। शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

उनले मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोप छ। अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको डिएसपी अधिकारीले बताए। बुधबार नै उनलाई पक्राउ गर्नुपर्ने माग राख्दै परिसर अगाडि नेपाल मगर संघ र नेपाल तामाङ संघले प्रदर्शन गरेको थियो। प्रदर्शन एवं प्रहरीमाथि ढुंगामुढा गर्ने २८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

भगवती पाण्डेविरुद्ध  नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र  नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।  जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा उनीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *