Home  
Janahit Voice

भारतियमूलको नेतृत्त्वमा सम्राज्य, ब्रिटेन पछि पालो अमेरीकाको।

१८ श्रावण २०८०, बिहीबार

चिना तिम्सीना, काठमाण्डौं

ब्रिटेनको प्रधानमन्त्री पद भारतियमूलका ॠषि सनकले सम्हाले पछि अब पालो रहेको छ अमेरिकाको आगामि नोभेम्भर ७ तारिखमा हुन गईरहेको राष्ट्रपतिय पदको चुनावी प्रतिस्पर्धामा भारतियमूलका ३ जना उम्मेदवार परिणाम।

अहिले भारतका राज्य-राज्य वर्ग संघर्षमा अक्रान्त बनिरहेको छ। मणिपुर, हरियाणाको नुहं, गुरुग्राम, यूपि, बिहार आदि राज्यहरुमा हाल सर्वसाधरणको सामाजिक जनजिवन अस्तव्यस्त छ। स्थानिय प्रशासन कानुनी राज्य स्थापना गर्न असक्षम बनिरहेको छ। यो परिपेक्षमा उता सात समुंद्र पारि भारतियमूलका ३ जना अमेरिका राष्ट्रपतिको चुनावमा उम्मेदवार बनेका छन।

भारतका स्थापित ठुला ठुला राजनिती पार्टीहरुले अ-आफ्नी पकड रहेको राज्यहरुमा समेत कानुनी राज्य तथा सुशासन स्थापित गर्न असफलता ब्योहरिरहेको परिपेक्षमा भारतियमूलका ३ जना निक्की हेली, विवेक रामास्वामी तथा हर्ष बर्धन सिंह अमेरिका सम्राज्य हांक्ने ल्याकत राखेका छन।

विवेक रामास्वामी
आई टि उद्दमी ३७ बर्षिय विवेक रामास्वामीको बुबा आमा भारतको केरला बाट आई अमेरिकाको ओहियोमा जनरल ईलेक्ट्रिकलको काम गरि जिवनयापन गर्दै आएका थिए। स्वासथ्य क्षेत्रको आमूल परिवर्तनमा रामास्वामीको प्रयासको सबैले प्रशंसा गरेका छन। अमेरिकाको विश्व ब्यापारमा चीन अमाथिको परनिर्भरता न्यूनिकरण गर्नु नै रामास्वामीको मूख्य चुनावी एजेण्डा रहेको छ।

निक्की हेलि

निक्की हेलि दक्षिण क्यारोलिनाको पूर्व गभर्नर तथा रिपब्लिकन पार्टीको एक मात्र महिला उम्मेदवार रहेकीछिन। ५१ बर्षिय निक्कीले ट्रम्प प्रशासनमा आफ्नो सफल कार्यकाल प्रस्तुत गरेकिछिन। निक्कीलाई केनेथ लेगेंन, एलिस वाल्टन, केनेथ फिसर जस्ता अमेरिकी अरबपतिहरुको पूर्ण समर्थन रहेको छ।

हर्षवर्धन सिंह
पेशाले ईन्जिनियर हर्षवर्धन सिंह पनि यो पटकको राष्ट्रपति पदको चुनावमा उम्मेदवारी दिएका छन। आफ्नो देशको नागरिक नै पहिलो प्राथमिकता भन्ने मूल चुनावी एजेण्डा बोकेका ३८ बर्षिय सिंहले न्यूजर्सीमा कन्जरभेटिभ विगंसलाई स्थापित गर्न महत्त्वपुर्ण भुमिका खेलेका थिए।

अमेरिकाको यो पटकको राष्ट्रपतिय चुनावमा ट्रम्प सगं प्रतिस्पर्धा गर्ने यि ३ जना उम्मेदवार मध्ये १ जना चुनाव जितेर अमेरिकाको राष्ट्रपति बने भने अमेरिकाको परराष्ट्रनितीमा केहि हेरफेर हुने नै छ। विशेषत भारत बिरोधि राष्ट्रहरुको टाउको दुखाईको विषय भने अवश्य नै बन्ने छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *