Home  
Janahit Voice

पुलबाट नारायणी नदीमा हामफालेकी महिलाको उपचारकाक्रममा मृत्यु

१८ श्रावण २०८०, बिहीबार

बिहीबार विहान नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको उपचारकाक्रममा मृत्यु भएको छ।

अन्दाजी ४५ वर्षकी महिला विहान पौने ८ बजेतिर नारायणगढस्थित नारायणी पुलबाट हामफालेको केहीबेरमा उद्धार गरिएको थियो।

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको नेतृत्वमा विपद व्यवस्थापन टोलीले ती महिलाको उद्धार गरि चितवन मेडिकल कलेजमा उपचारका  लागि लगिएको थियो ।

उनको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यसअघि साउन १० गते विहान पनि एक जना महिला यही पुलबाट नदीमा हामफालेकी थिइन्।  उनलाइ ३ दिनपछि मृत अवस्थामा भेटिएको थियो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *