Home  
Janahit Voice

छुटेकालाई कोभिडको खोप अभियान सञ्चालन गर्दै : काठमाडौं महानगर

१८ श्रावण २०८०, बिहीबार

काठमाण्डौं – काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।

उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो । कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते २ दिन खोप लगाउँने कार्यक्रम रहेको छ।

यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते दुई दिन खोप लगाउँने
तयारी रहेको कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ।

खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने बताइएको छ।  अहिले कोभिडको सङ्क्रमणका बारेमा मानिसले खासै कुरा गरेका नभएतापनि
अस्पतालमा कोभिडकै कारण निमोनिया भएका बिरामी आउने गरेकाले उक्त कार्यक्रम संञ्चालन गर्न लागेको बताइएको छ।

अहिलेसम्म ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउने ८८ प्रतिशत, तेस्रो मात्रा ४३ प्रतिशत र चौथो मात्रा लगाउने छ प्रतिशत रहेको खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उक्त कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि साउन १८ र १९ गते स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण र २० गते शनिबार खोप सञ्चालन हुनेछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *