Home  
Janahit Voice

एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

१८ श्रावण २०८०, बिहीबार

काठमाण्डौं- सुन तस्करीको विषयलाई लिएर एमालेले अवरोध  गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

बैठक सुरु भएलगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रतिपक्षले ध्यानाकर्षण गराउँदासमेत सरकार गम्भीर नभएको आरोप लगाए। विमानस्थलबाट त्यत्ति ठूलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताउँदै उनले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए।

सरकार गम्भीर नहुँदा नयाँ तथ्यहरु बाहिर आइरहेको श्रेष्ठकाे भनाइ थियाे। यसअघि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध गरेको थियो।

एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक साउन २२ गते सोमबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *