Home  
Janahit Voice

प्रतिकार गरेपछि लुटेराको गोलीले मारिए रोहित

१८ श्रावण २०८०, बिहीबार

विराटनगर – विराटनगर महानगरपालिका–५ का रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

साउन ५ गते चौधरीको सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न तीन मध्ये दुई जनालाई पक्राउ गरी बुधबार प्रहरीले सार्वजनिक गरेको हो । उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधवार  पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीय दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङ छन् । उनीहरू दुवै लागुऔषध प्रयोगकर्ता भएको प्रहरीले जनाएको छ ।सुनसरीको इटहरी उपमहानगरपालिका–२० सेउती खोलाको पुल नजिक जंगलमा लुटेरा समूहको प्रतिकार गर्दा चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रोहितको हत्या गर्नुको मुख्य कारण लुटपाट रहेको छ । खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटे । त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको अनुसन्धानबाट खुलेको  छ  ।

लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ । अहिले दुई जना पक्राउ परेका छन् । एकजना फरार रहेको प्रहरीले बताएको छ। पक्राउ परेका समूह यसअघि विभिन्न अपराधमा कैद भुक्तान गरी छुटेका अभियुक्त रहेका छन् ।

पक्राउ परेका दीपक जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान दुई महिना अगाडी छुटेका अभियुक्त हुने भने तामाङ लागुऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडी छुटेका अभियुक्त हुन् । उनीहरुले यसअघि पनि विभिन्न चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *