Home  
Janahit Voice

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस

१९ श्रावण २०८०, शुक्रबार

काठमाडौं-सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस भएका छन्। संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।

अहिले हरिकृष्ण कार्की प्रधानन्यायाधीश छन्। उनको साउन २० गते समयावधि सकिँदैछ। त्यसअघि नै परिषदको बैठकले श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरेको हो। श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश हुनेछन्।

संसदीय सुनुवाइबाट अनुमोदन भए उनी राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्। प्रधानन्यायाधीश नियुक्त भए उनको कार्यकाल एक वर्ष २ महिनाको हुनेछ। उनले २०८१ साल असोजको २० गते ६५ वर्षे उमेरहदका कारण अवकास पाउने छन्।

श्रेष्ठ २०१६ साल असोज २० गते सुदूरपश्चिमको डोटी जिल्ला सदरमुकाम सिलगढीमा जन्मेका थिए। स्थायी घर धनगढी भएका श्रेष्ठ न्यायसेवा प्रवेश गरेको ४२ वर्ष भयो। २०३८ सालमा शाखा अधिकृतबाट न्यायसेवा प्रवेश गरेका श्रेष्ठ २०४५ सालमा जिल्ला न्यायाधीश बनेका थिए।

जिल्ला न्यायाधीश भएको १७ वर्षपछि २०६२ सालमा उनी तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश भएका थिए। २०७० सालमा पुनरावेदन अदालतको कायममुकायम मुख्य न्यायाधीश भए। एक वर्षपछि मुख्य न्यायाधीश भए।

मुख्य न्यायाधीशको रूपमा काम गरेको झण्डै २ वर्षपछि उनी सर्वोच्च अदालतमा नियुक्त भएका हुन्। सर्वोच्च अदालतमा आएपछि गरेका थुप्रै फैसलामध्ये एनसेलको कर विवाद र केपी ओलीले गरेको पहिलो संविधानसभा विघटनबारे गरेको फैसला चर्चित छन्।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *