प्रकोपको रुपमा आँखाको संक्रमण फैलिदै, यसबाट बच्न के गर्ने, के नगर्ने ?
काठमाडौँ-काठमाडौँ लगाएत विभिन्न अस्पतालमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएको पाइएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो ।
काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको छ । तीलगंगा अस्पतालमा आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको कार्यरत डा. हरु बताउछन।
भाइरल इन्फेक्सन र ब्याक्टेरियाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको डा. को भनाइ छ। धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरू अस्पताल आउने गरेको छन । यो पटक विगतको वर्षहरू भन्दा धेरै नै केसहरू देखिएको छ ।
आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि हुन्छ । जुन समुदायमा इपिडिमीक रूपमा फैलिन्छ । त्योचाहिँ भाइरल इन्फेक्सनले गर्दा फैलिन्छ । धेरैजसोमा इडीनोभाइरल भन्ने भाइरस भएको डा. को भनाइ छ।
डा. का अनुसार आँखा पाक्ने रोगका साथमा रुघाखोकी र ज्वरो पनि आउन सक्छ । ‘कतिपय व्यक्तिमा भाइरल ज्वरो, भाइरल रुघाखोकी हुन्छ । र, कतिपय व्यक्तिलाई आँखा पाक्ने मात्रै भएर आउँछ । यो पटक पहिलेको भन्दा धेरै नै केसहरू आएका छन।
गर्मीकै कारणले भाइरसको इन्फेक्सन बढेको हुनसक्ने डा. हरु बताउँछन। |‘धेरै जसो व्यक्तिहरूलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुन्छ । यस्तै, अप्ठ्यारो महसुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुन्छ । कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ । धेरैजसो बिरामीले बिहान उठ्दा आँखा पूरै टालिएको भनेर भन्नुहुन्छ । उपचार नै नगरेर त्यत्तिकै छोड्यो भने आँखाको भित्री तहमा सेतो रङको पत्रहरू जम्न थाल्छ । लेयरहरु जम्न थाल्छ । त्यो लेयरहरुलाई पनि त्यत्तिकै छोडिदियो भने आँखाको कालो नानीमा पनि घाउ हुनसक्छ । कसै कसैलाई कालो नानीमा घाउ भएर अट्याक गर्न सक्छ ।’
तेस्तै आँखा पाक्ने रोगको प्रकोपले विराटनगरको आँखा अस्पतालहरूमा पनि एकसाता देखि बिरामीको चाप बढेको छ । मौसम परिवर्तन र दूषित वातावरणले गर्दा आँखा पाक्ने रोगका बिरामी बढेका हुन् । त्यहाँका विराटनगर आँखा अस्पताल, दिव्य ज्योती, विराट, गोल्सा, तापडियालगायतका आँखा अस्पतालहरूमा आँखा पाक्ने रोगका विरामी बढेको अस्पतालले जनाएको छ ।
विराटनगरमा आएका बिरामीहरुमा पनि कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने गरेको डा. को भनाइ छ। कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ । कन्जन्टेभाइटिसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निन्छ । यसमा आँखाबाट आँसु बग्ने चिप्प्रा लाग्ने परेलीको डिल सुन्निे हुन्छ । जसले गर्दा घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने आदि समस्या हुन्छन् । कन्जन्टेभाइटिस प्रायःजसो ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा हुने गर्दछ ।’
आँखा पाक्ने रोगले सबैभन्दा बढी साना विद्यार्थी प्रभावित छन् । उनीहरूको आँखा पाकेकै कारण नियमित पठनपाठन तथा काममा असर परेको बताइएको छ।
आँखा पाके के गर्ने ?
आँखा चिसोले तथा बरफले सेक्ने
सफा पानीले आँखा सफा गर्ने
घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने
सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने
के नगर्ने ?
सङ्क्रमित आँखालाई सकेसम्म नचलाउने
स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने
अरूले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
आफूखुसी औषधिको प्रयोग नगर्ने