Home  
Janahit Voice

पहिरोले घर बगाउँदा १ जनाको मृत्यु, ३ जना बेपत्ता

१९ श्रावण २०८०, शुक्रबार

दोलखा- दोलखा जिल्लाको गौरीशङ्कर गाँउपालिका–७ मार्बु टोपाटारमा हिजो (बिहीबार) राति परेको अविरल वर्षापछि आएको पहिराले कृष्णबहादुर मगरको घर बगाउँदा एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा कृष्णबहादुर मगर उनको श्रीमती देव मगर र हरिलाल श्रेष्ठ रहेका छन भने कृष्णबहादुरको तीन वर्षीय छोरा प्रिन्स मगर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

पहिरोले स्थानीय यज्ञ थामी, टपेन्द्र गुरुङ र घनश्याम खत्रीको घरसमेत पूर्णरुपमा क्षति पुगेको बताइएको छ। पहिरोमा परी यज्ञ थामी, उनको श्रीमती धनकुमारी थामी तथा बुहारी घाईते बताएका छन। प्रहरीका अनुसार घाईतेलाई उद्धार गरी हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लाने तयारी भईरहेकोछ।

पहिरोले १५ भन्दा बढी घरहरु जोखिममा रहेको र पुलसमेत बगाएकोले उद्धारमा कठिनाई भएको स्थानीयको भनाइ छ । अहिले जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलिले खोज तथा उद्धारको काम गरिरहेको प्रहरीको भनाइ छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *