Home  
Janahit Voice

सामाखुसीबाट खोलाले बगाएर बेपत्ता साजन १० दिनपछि दक्षिणकालीमा मृत फेला

१९ श्रावण २०८०, शुक्रबार

काठमाडौँ-  सामाखुसीबाट खोलाले बगाएर बेपत्ता भएका बालकको शव १० दिनपछि फेला परेको छ ।  १३ वर्षीय साजन मगरको शव दक्षिणकाली नगरपालिका वडा नम्बर ७ को बागमती किनारमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत साजन साउन ७ गते सामाखुसीमा खोलाले बगाउँदा बेपत्ता भएका थिए ।

फुटसल खेल्न जाँदै गरेका साजन पर्खालबाट खसेर सामाखुसी खोलामा खसेका हुन् । उनको खोजीमा प्रहरी परिचालन गरिएपनि फेला पर्न सकेका थिएनन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *